नेभिगेशन

बागमती  र कर्णाली  प्रदेशका केही ठाउँमा हल्का वर्षा

काठमाण्डौ – गएराति बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।

हिजोदेखि मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षामात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएको १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २२.८ मिलिमिटर वर्षा मापन भएको छ ।

आज मधेश, कोशी र बागमती प्रदेशका तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति:
थप समाज