नेभिगेशन

लालबकैया नदीमा डुबेका दुई जना बालबालिकाको शव भेटियो, एकको खोजी चल्दै

काठमाण्डौ – रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेका तीन जना बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ ।

हिजो दिउँसो नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदीमा डुबेर हराएका थिए । देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अर्की एक बालिका रौशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन ।

तीन जना बालबालिका नदीमा डुबेर हराएको सूचनालगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनाको टोली खोजीमा जुटेको थियो । खातुनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।     
 

प्रकाशित मिति:
थप समाचार