नेभिगेशन

देउवा समूहकाे सम्मेलन : सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव पारित

काठमाण्डाै – नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो १५औँ महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रवार काठमाण्डौमा शुरू गरेको भेला हिजो बन्दसत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो । सम्मेलनमा पेश भएका ५ वटै प्रतिवेदन पारितसहित ५ बुँदै निर्णय गर्दै आज भेला सम्पन्न भएको हो ।

सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुशरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ ।

यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्थाअनुसार सरोकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।

समापन समारोहमा पूर्वसभापति देउवाले अदालतमा विचाराधीन कांग्रेस विवादसम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यहीअनुसार निर्णय आउनेमा विश्वस्त रहेको बताउनुभयो । न्यायालयको निर्णय मान्ने पनि उहाँकाे भनाइ छ ।

प्रकाशित मिति:
थप राजनीति