नेभिगेशन

सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (फोटो फिचर)

काठमाण्डौ - भोटेकोशी बाढी प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका गाडीहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । 

निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन समस्या भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका-३ को घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । 

गएको भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । मुख्य सडकमार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् ।

बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ । 

1788237740-JyBQp-1788239090.jpg

1788237735-MlzU5-1788239089.jpg

1788237735-NY9fe-1788239089.jpg

1788237736-Cgyu9-1788239089.jpg

1788237738-Lggms-1788239089.jpg

1788237737-1egzf-1788239089.jpg

1788237736-taboh-(1)-1788239089.jpg

1788237734-3PuzL-1788239088.jpg

1788237734-exdZF-1788239088.jpg

1788237734-sjlmj-1788239088.jpg

प्रकाशित मिति:
थप विशेष