नेभिगेशन

दैलेखको भम्लुखोला क्षेत्रमा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

काठमाण्डौ – कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ भम्लुखोला क्षेत्रमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

प्रहरी चौकी तल्लो डुङ्गेश्वरकाअनुसार ठूलो सुख्खा पहिरोले सडक अवरुद्ध छ । डुङ्गेश्वरबाट कालिकोटका लागि छुटेका ५ वटा तथा कालिकोटबाट सुर्खेतका लागि छुटेका ३० भन्दा धेरै गाडी बाटोमै रोकिएका छन् ।

सडक खुलाउन सडक विभागसँग समन्वय गरिएको प्रहरीले जनाएको छ । पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा गाडीलाई सचेत हुन र आधिकारीक सूचना नआएसम्म यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज