नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

कीर्तिपुर चोभारको आदिनाथ मन्दिरमा आजदेखि एकमहिने मेला शुरु

काठमाण्डौ कीर्तिपुरको चोभारडाँडामा रहेको आनन्दादी लोकेश्वर अर्थात आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि शुरु भएको छ ।

असोज शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन शुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । यस मेलामा काठमाण्डौ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्छन् । मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्छ ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ तथा अर्धनारेश्वरसमेत भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्छन् ।

हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वर र करुणाका प्रतीकका रुपमा पूजा गर्ने चलन छ । लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । 

प्रकाशित मिति:
थप समाज