नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

दशैँ मनाएर काठमाण्डौ फर्किनेहरुकोे चाप बढ्यो, आजदेखि सरकारी कार्यालयहरु खुला

काठमाण्डौ – दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरु बिदा सकिएसँगै काठमाण्डौ उपत्यका फर्किने क्रम बढेको छ । आवागमन बढेसँगै सडक, सार्वजनिक यातायात तथा बसपार्कमा चहलपहल बढेको छ ।

रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका हुन् ।

लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय फेरि शुरु भएसँगै संघीय राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको हो ।

आजदेखि सरकारी कार्यालयहरु पनि खुल्दैछन् । यात्रुको आवागमन बढेसँगै संघीय राजधानी प्रवेश गर्ने प्रमुख सडकमा चहलपहल थपिएको छ ।

काठमाण्डौ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा थानकोट, साँगा , बालाजु, बल्खु र टोखा छहरे क्षेत्रमा गाडी तथा यात्रुको चाप बढेको छ । यात्रु तथा गाडी चालकलाई ट्राफिक नियमको पालना गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । 


 

प्रकाशित मिति:
थप समाज