नेभिगेशन
आइतबार, भदौ २८, २०८३

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ १ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको भाउ ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँ थियो । 

प्रकाशित मिति:
थप अर्थ