नेभिगेशन
मंगलबार, असोज २०, २०८३

मस्तिष्कको गतिविधिसम्बन्धी अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।

नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उहाँका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो । तीन जना वैज्ञानिकले संयुक्त रूपमा १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउनेछन् ।

‘अप्टोजेनेटिक्स’ क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिने भएको हो । जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको बताएको छ ।

योसँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ । अब भोलि भौतिकशास्त्र, पर्सि रसायनशास्त्र, आउँदो बिहीवार साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ ।

विगत १२ महिनामा ‘मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ ।

प्रकाशित मिति:
थप विश्व