नेभिगेशन
शुक्रबार, असोज २३, २०८३

क्यानडाकी कार्सनलाई साहित्यतर्फकाे नाेबेल पुरस्कार

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी कवयित्री एनी कार्सनलाई प्रदान गरिने भएको छ ।

शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूका लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ । उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ ।

कार्सनका चर्चित कृतिहरूमा ‘द ग्लास एसे’, ‘अटोबायोग्राफी अफ रेड : अ नोभेल इन भर्स’, ‘नक्स’, ‘फ्लोट’, ‘द ब्युटी अफ द हजब्यान्ड : अ फिक्सनल एसे इन २९ ट्याङ्गोज’ लगायत पर्छन् ।

कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ ।

यस वर्षको पहिलो नोबेल पुरस्कारअन्तर्गत सोमवार चिकित्साशास्त्र, मङ्गलवार भौतिकशास्त्र र हिजो रसायनशास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ ।

विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ ।

प्रकाशित मिति:
थप विश्व