नेभिगेशन
आइतबार, असोज २५, २०८३

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको बाढी (फोटो फिचर)

काठमाण्डौ – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि गोरखाको बुढीगण्डकी नदीमा उस्तै प्रकृतिको बाढी आएको छ ।

आज आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा पहिरो खसेर थुनिएपछि बुढीगण्डकीमा एक्कासी लेदोसहितको ठूलो बाढी आएको हो ।

चुमनुब्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढी आएको बताएका छन् । एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन् ।

बाढीले चुमनुब्री र धार्चेका केही घर तथा पुल बगाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबढ भइरहेको छ ।

बुढीगण्डकी नदी त्रिशूलीमा मिसिने ठाउँ धादिङको बेनीघाटसम्म जोखिम रहेको महाशाखाले जनाएको छ ।

Badhi-photo-4-1791690100.jpg
Badhi-photo-3-1791690317.jpg
Badhi-Photo-5-1791690317.jpg
Badhi-photo-7-1791690317.jpg
Badiphoto-2-1791690317.jpg
Badhi-photo--6-1791690316.jpg
Badhi-Photo-1-1791690316.jpg
 

प्रकाशित मिति:
थप समाज