नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

भेनेजुएलाका नोबेल शान्ति पुरस्कार विजेता माचाडो स्वदेश फिर्ता

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले निर्वासनबाट आश्चर्यजनक रूपमा स्वदेश फर्केपछि देशका अन्तरिम राष्ट्रपतिसँग बसेर कुराकानी गर्न तयार रहेको बताउनुभएको छ ।

विपक्षी नेता माचाडो झण्डै एक वर्षको निर्वासनपछि कराकास अवतरण गर्नुभएको हो । उहाँको यो फिर्ति अमेरिकी समर्थन प्राप्त सरकारलाई चुनौती दिने खालको रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँको आगमनले भेनेजुयलामा खुसीयाली मनाउनेको भीड लागेको थियो । हजारौँ मानिसहरूले राजमार्ग, शहरका टोल प्लाजा र सडकहरूमा भेनेजुएलाका झण्डा हल्लाउँदै र ‘स्वतन्त्रता’ को नारा लगाउँदै उहाँको स्वागत गरेका छन् ।  

माचाडोले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग शान्तिको लागि हात मिलाई सम्बन्ध अघि बढाउनुभएको छ । उहाँले आफ्ना प्रमुख प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मादुरोका उपराष्ट्रपतिको रूपमा काम गरेका महिलासँग वार्ता गर्न खुला रहेको बताउनुभएको छ ।

मादुरोलाई अमेरिकाले पक्राउ गरी उहाँमाथि विभिन्न अभियोग दर्ता गरेको छ ।  युरोपेली संघले उनको फिर्तीको स्वागत गरेको छ । माचाडो गएको डिसेम्बरमा नोबेल शान्ति पुरस्कार लिन देश छाडेर विदेश जानुभएको थियो । त्यसअघि उहाँ लगभग एक वर्ष भूमिगत रहनुभएको थियो ।

त्यसयता ५९ वर्षीया माचाडोले भेनेजुएला फर्कन कम्तीमा सात पटक प्रयास गरेको उहाँको पार्टीका स्रोतहरूले बताएका छन् । 
 

प्रकाशित मिति:
थप विश्व