नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

इजरायलमा आज आमचुनाव, वर्तमान प्रधानमन्त्री नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाण्डौ – इजरायलमा आज आम चुनाव हुँदैछ ।

यो चुनावमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षी नेताका रूपमा गादी आइजेनकोटको चुनौती छ ।

लामो समय इजरायली सेनामा बिताएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ । नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ आइजेनकोटले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गर्नुभएको छ ।

इजरायलको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मानिएको यो चुनाव अघि नेतान्याहुभन्दा आइजेनकोट चार सिटले अगाडि रहेको मत सर्वेक्षण सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ । इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा कुनै एक उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् ।

दलहरूले प्राप्त गर्ने मतको अनुपातका आधारमा संसदमा सिट बाँडफाँट गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहुबीच लामो समयदेखि राजनीतिक सहकार्य रहँदै आएको छ । इरानमाथि भएको पछिल्लो आक्रमणमा पनि उहाँहरुबीच सहकार्य भएको थियो ।

प्रकाशित मिति:
थप विश्व