नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

नेपालले सन् २०३० सम्ममा ८ अर्ब ५९ करोड रुपैयाँको खोप सहायता पाउने

काठमाण्डाै – नेपालले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन अर्थात् गाभीबाट सन् २०३० सम्म ८ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरैको खोप सहायता प्राप्त गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सहायता प्राप्त गर्ने सुनिश्चित भएको हो ।

यसैबीच गाभीले नेपाललाई फिर्ता गर्नुपर्ने भनी उल्लेख गरेको ३ लाख ८ हजार २७१ अमेरिकी डलर अर्थात् झन्डै ४ करोड ६६ लाख ७८ हजार ३९५ रुपैयाँ पनि मिनाहा गरेको छ ।

आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै रकम फिर्ता गर्नुपर्ने भनिएको थियो ।

विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाव बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनिएको रकम मिनाहा हुनुलाई नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।

नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउँदै आएको छ ।

प्रकाशित मिति:
थप समाज