नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

संसदीय विशेष समितिले माग्याे बाढीबाट भएकाे क्षतिको विस्तृत विवरण

काठमाण्डाै – राष्ट्रियसभाअन्तर्गतको संसदीय विशेष समितिले सरकारसँग भोटेकोशी तथा बूढीगण्डकी बाढीबाट प्रभावित ४९ वटा वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण माग गरेको छ ।

विपद्सम्बन्धी अध्ययन तथा अनुगमनका लागि गठित समितिले प्रभावित पालिका र वडामा कति क्षति भयो र कति राहत वितरण गरियो भन्ने विवरण माग गरेको हो ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले वडास्तरमा भएको क्षति र वितरण गरिएको राहतको यकिन विवरण प्राप्त भएपछि मात्रै संसदीय अनुगमन प्रभावकारी हुने बताउनुभएको छ ।

समितिले प्रभावित क्षेत्रको मानवीय क्षति, बेपत्ता तथा विस्थापितको सङ्ख्या, पशुपक्षी, खेतीपाती, सञ्चार, विद्यालय र बालबालिकाको अवस्थासम्बन्धी विवरण पनि एकीकृत रूपमा उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीका कारण ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित मिति:
थप राजनीति