नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

यसअघि हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुआत गरेका छन् । चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।

तेस्रो संस्करणको यो प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद