नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।

त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

हिजो भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्सले यसअघि लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको थियो । यो खेलमा लुम्बिनीले दबदबा कायमै राख्यो भने सुदूरपश्चिमले अघिल्लो पटक फाइनलमा ब्यहोरेको हारको बदला लिन सकेन ।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो ।

एनपीएलमा आउँदो मंसिर ५ गतेसम्म चल्नेछ । 

प्रकाशित मिति:
थप खेलकुद