नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

सुदूरपश्चिमले दियाे लुम्बिनीलाई ८८ रनकाे लक्ष्य

काठमाण्डाै – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा ८७ रन बनाउँदा सबै विकेट गुमायाे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । लुम्बिनीका किशाेर महताेले ४, शेर मल्लले ३ विकेट लिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको उद्घाटन गर्नुभयो । मैदानमा प्रधानमन्त्री शाहले अम्पायरलाई बल प्रदान गरेसँगै एनपीएलको औपचारिक उद्घाटन भएको हो ।

पहिलो पटक डीआरएसको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता, विदेशी खेलाडीको उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चासो र प्रतियोगितासँग जोडिएको व्यावसायिक गतिविधिले यसपालिको एनपीएललाई थप विशेष बनाएको छ ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद