नेभिगेशन
सोमबार, कात्तिक ९, २०८३

एनपीएल : साबिक विजेता लुम्बिनीको विजयी शुरुवात

काठमाण्डौ - साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । 

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए ।  

एनपीएलमा भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किंग्सबीच हुनेछ भने बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति:
थप खेलकुद