नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

माओलाई ‘तानाशाह’ भनेकोमा एम्बाप्पेले माफी मागे

फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एम्बाप्पेले चिनियाँ नेता माओ त्सेतुङलाई ‘तानाशाह’ भनेको विषयमा माफी मागेका छन् ।

रियल मड्रिडका फरवार्ड एम्बाप्पेले वक्तव्य निकालेर आफ्नो टिप्पणीले चीन र विश्वभर रहेका चिनियाँ समुदायका मानिसलाई चोट पुगेको बताएका छन् ।

एउटा भिडियो अन्तर्वार्तामा एम्बाप्पेलाई आफूलाई सबैभन्दा धेरै हँसाएको इन्टरनेट मिमबारे सोधिएको थियो । एम्बाप्पेले आफ्नो अनुहार चीनका पूर्वनेता माओको तस्वीरमा जोडिएको मिमबारे बोलेका थिए । त्यस क्रममा उनले माओलाई ‘तानाशाह’ भनेर टिप्पणी गरेका थिए ।

एम्बाप्पेको यो टिप्पणी सार्वजनिक भएपछि चीनमा चर्काे आलोचना भएको थियो । साथै उनीसँग व्यावसायिक साझेदारी गरेका कम्पनीहरूले सहकार्य अन्त्य गर्नै घोषणा गरेका थिए ।

विवादपछि चीनका सरकारी टेलिभिजनले एम्बाप्पे सहभागी खेल र स्पेनिश ला लिगाका कार्यक्रम प्रसारण गर्न रोकेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साथै उनी देखिएका विज्ञापन पनि हटाइएका छन् ।

माओलाई आधुनिक चीनका संस्थापक नेताका रूपमा सम्मान गरिन्छ । चीनमा उहाँलाई लक्षित व्यङ्ग्यलाई संवेदनशील विषय मानिन्छ ।

प्रकाशित मिति:
थप खेलकुद