नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

बङ्गलादेशका परवेज इमोन जनकपुर बोल्ट्समा अनुबन्ध

काठमाण्डौ – बङ्गलादेशका क्रिकेटर परवेज हुसेन इमोन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

जनकपुर बोल्ट्सले हिजो सामाजिक सञ्जालमार्फत इमोनलाई टोलीमा स्वागत गर्दै अनुबन्ध गरिएको जानकारी दिएको हो ।

२४ वर्षीय बायाँहाते ब्याटर इमोन सन् २०२० मा बङ्गलादेशले १९ वर्ष मुनिको विश्वकपको उपाधि जित्दा टोलीका सदस्य थिए । उनले सन् २०२०–२१ को बङ्गबन्धु टी–२० कपमा ४२ बलमै शतक प्रहार गरेका थिए ।

यस्तै, इमोनले सन् २०२५ मा संयुक्त अरब इमिरेट्स (यूएई) सँगको टी–२० अन्तर्राष्ट्रिय खेलमा पनि शतक बनाएका थिए । उनले अहिले सम्म ४० टी–२० अन्तर्राष्ट्रिय र ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

पाकिस्तान सुपर लिग (पीएसएल) मा समेत खेलिसकेका इमोनका लागि एनपिएल दोस्रो विदेशी लिग हुनेछ । इमोनको आगमनसँगै जनकपुर बोल्ट्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा छ ।

प्रकाशित मिति:
थप खेलकुद