नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

मनास्लुको १ लाख किलो स्याउ गोदाममै थन्कियो

काठमाण्डाै – बूढीगण्डकी नदीमा आएको बाढीले पुल र सडक बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या भएको छ ।

चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा उत्पादित झण्डै एक लाख किलो स्याउ ढुवानीको अभावमा गोदाममै थन्किएको व्यवसायी लाक्पा डुन्डुप लामाले बताउनुभयो ।

उहाँका अनुसार १२ हजार ५०० बोटमा यस वर्ष राम्रो उत्पादन भए पनि सडक अवरुद्ध हुँदा स्याउ कुहिन थालेको छ । बाढीले बेनिघाट–आरुघाट–लार्के सडक खण्डका पुल तथा बाटोमा क्षति पुर्‍याएपछि खच्चडमार्फत समेत स्याउ ढुवानी गर्न कठिन भएको छ । विद्युत् अवरुद्ध हुँदा स्याउ सुकाउने ड्रायरसमेत सञ्चालन हुन सकेको छैन ।

ढुवानीको समस्या समाधान नभए ठूलो परिमाणमा स्याउ खेर जाने चिन्तामा किसान छन् । 

प्रकाशित मिति:
थप समाज