नेभिगेशन
मंगलबार, कात्तिक १७, २०८३

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा भारतीय पर्यटकको ज्यान गयो

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचे हेलिप्याडमा बिहान अवतरण गर्न लागेका दुई वटा हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको छ ।

भारतको तामिलनाडु घर भएका ४७ वर्षीय पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउने भारतीय नागरिक वसन्तकुमार बालारामारामाडु फिस्टेल एयरको हेलिकप्टरमा सवार हुनुहुन्थ्यो ।

फिस्टेल हेलिकप्टरमै रहेका भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेशकृष्ण पटेल घाइते हुनुभएको छ । पटेललाई उद्धार गरी काठमाण्डौ ल्याएर मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट पनि सामान्य घाइते हुनुहुन्छ । पाइलटद्धयलाई पनि काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।

बिहान ८ बजेर ११ मिनेटमा दुर्घटना भएको हो ।

प्रकाशित मिति:
थप समाज