नेभिगेशन
बुधबार, कात्तिक १८, २०८३

शेयर बजारमा झन्डै साढे ७ अर्ब रुपैयाँको कारोबार

शेयर बजार आज झिनो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.४० अङ्कले बढेर २ हजार ६६५.५२ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।

आज ९८ वटा कम्पनीको शेयर बढेकोमा १७१ वटाको घटेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर १५ प्रतिशतले बढेको छ । सिभिल बैंकको डिबेन्चर (२०८८) ६.३४ प्रतिशतले घटेको छ ।

नेप्से झिनाे अङ्कले बढेकाे दिन आज कारोबार रकम पनि उकालाे लागेकाे छ । हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३५८ वटा कम्पनीको २ करोड १२ लाख कित्ता शेयर ७ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ