नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा

काठमाण्डौ - नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । आज त्रिवि क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९ ओभर ५ बलमा ९३ रनमै अलआउट भयो।

जनकपुरका तृतराज दासले सर्वाधिक २१ र जिमी निसमले २० रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हमेन्त धामी, थरिन्दु रत्नायके र इशान पाण्डेले १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो । ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ र थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए । जनकपुरका कप्तान हरमीत सिंहले चार विकेट लिए।

जितसँगै ६ खेलमा आठ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान अंक रहेको काठमाडौं गोर्खाज रनरेटका आधारमा शीर्ष स्थानमा छ । चार अंक जोडेको जनकपुर भने पाँचौँ स्थानमा छ।
 

प्रकाशित मिति:
थप खेलकुद