नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

रविको टिप्पणीपछि बालेनको जवाफ – ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाण्डौ – सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र शाहले यसप्रति लक्षित गर्दै सामाजिक सञ्जालबाट जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री शाहले गएराति फेसबुकमार्फत देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने टिप्पणी गर्नुभएको हो । यसअघि हिजो दिउँसो चितवनमा पत्रकारसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले प्रहरी महानिरीक्षक परिवर्तन गर्नुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै रहेको बताउनुभएको थियो ।

रास्वपाका अरु नेताहरुले पनि प्रहरी महानिरीक्षक हटाउने विषयमा सरकारले पार्टीसँग छलफल नगरेको भन्दै प्रश्न उठाउँदै आएका छन् । त्यसपछि प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेको आशयसहितको टिप्पणी गर्नुभएको हो ।

रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’

Capture-Balen-1793922390.JPG
 


 

प्रकाशित मिति:
थप राजनीति