नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा कुनै पनि आर्थिक लेनदेन नरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश जारी गर्दै थापाले भन्नुभयो ’हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानूनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन ।’

इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको भन्दै सभापति थापाले राम्रो अनुसन्धान होस् र अनुसन्धनले घटना के हो प्रस्ट हुने बताउनुभएको छ ।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनेर एउटा अडिओ सार्वजनिक भएको थियो । त्यस अडियाेमा गगन थापाले पार्टी आधिकारिकताका बारेमा बार्गेनिङ गरेको उल्लेख छ ।

थापाले भन्नुभएको छ. ‘विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो, विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ ?’

प्रकाशित मिति:
थप राजनीति