नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाण्डाै – भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेपाल भ्रमणका क्रममा रहनुभएका मिस्रीले सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि हिजो काठमाण्डाै आउनुभएका विदेश सचिव मिस्रीले शाहसँगको भेटमा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा नेपाल आउनुभएका विदेश सचिव मिस्रीले यसअघि परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले आउँदाे मङ्सिर पहिलाे हप्ता भारत भ्रमण गर्ने बताइए पनि औपचारिक मिति अझै घोषणा भएको छैन ।

प्रकाशित मिति:
थप राजनीति