नेभिगेशन
बिहीबार, कात्तिक १९, २०८३

पार्टीले आईजीपी फेर भनेर भन्दैन, सरकारले औचित्य पुष्टि गर्ला : रवि लामिछाने

काठमाण्डाै – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरिएकाेबारे सरकारले औचित्य पुष्टि गर्ने बताउनुभएकाे छ ।

चितवन पुग्नुभएका लामिछानेले आज पत्रकारसँग कुरा गर्दै सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसकाे औचित्य पुष्टि गर्ने जिम्मेवारी पनि सरकारकै रहेकाे बताउनुभएकाे हाे ।

रास्वपा सभापति लामिछानेलाई पत्रकारले आईजीपी प्रकरणमा पार्टी र सरकारकाे धारणा बाझिएकाेबारे साेधेका थिए । पार्टीले सरकारलाई आईजीपी, डीआईजी, इन्स्पेक्टर वा सीडीओ फेरन नभन्ने उहाँकाे भनाइ छ ।

लामिछानेले सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताउनुभयाे ।

प्रकाशित मिति:
थप राजनीति