नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

बर्खास्तीमा परेका सशस्त्रका एआईजी दाहालद्वारा मन्त्रिपरिषद‍्मा पुनरावेदन

काठमाण्डाै – बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिनुभएको छ । उहाँले गृहमन्त्री हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दर्ता गराउनुभएको हो ।

सोझै अदालत जाने बाटो नभएकाले दाहालले शुरूमा मन्त्रिपरिषद‍्मा निवेदन दिनुभएको हो । अब मन्त्रिपरिषद्ले पुरानै निर्णय सदर गरेमा मात्र उहाँका लागि अदालत जाने बाटो खुल्नेछ ।

संवेदनशील र गम्भीर सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको आरोपमा सरकारले दाहाललाई गएको असोज २३ गते बर्खास्त गरेको थियो ।

बिचौलिया भनिएका इनम सापकोटाको मोबाइलबाट सम्पर्क देखिएपछि सरकारले उहाँलाई असोज १९ गते निलम्बन गरी एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा छानबिन गरेको थियो ।

यसअघि असोज ११ गते पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा हिरासतमा गएर भेटेको विषयले पनि दाहाल विवादमा तानिनुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति