नेभिगेशन
सोमबार, मंसिर ७, २०८३

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाण्डाै – भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चल नाथ पाण्डेलगायत सहभागी हुनुभएको थियो ।

त्यसैगरी भारतका तर्फबाट विदेशमन्त्री डा. एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र  शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अब दुई देशबीच हुने समझदारी (एमओयू) तथा सम्झौता पत्रमा हस्ताक्षर हुने छ । सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई भ्रमणका उपलब्धिबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति