नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

शेयर बजार दोहोरो अङ्कले बढ्यो, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.३९ अङ्कले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स र अन्यबाहेक सबै समूहको उपसूचक बढेकोमा बैंक समूह १.२४ प्रतिशतले उकालो लागेको छ ।

आज १६५ वटा कम्पनीको शेयर बढेकोमा १११ वटाको घटेको छ । बुङ्गल हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र आईएमई लाइफ इन्सुरेन्सको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर ५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मानुषी लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीको १ करोड ४६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ