नेभिगेशन
आइतबार, मंसिर ६, २०८३
एशिया कप राइजिङ स्टार्स

यूएईलाई हराउँदै नेपालकाे पहिलाे जीत

काठमाण्डाै – एशिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराउँदै पहिलो जीत हात पारेको छ ।

यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ५७, मयन यादवले २७ रन बनाए । यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए ।

यसअघि कतारको दोहामा टस हारेर ब्याटिङ गरेको यूएईले ३९ ओभर ५ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । यूएईका मुहम्मद शाहदादले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३/३ विकेट लिए ।

एशिया कप राइजिङ स्टार्समा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो ।

५० ओभरको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूह ‘ए’ मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।

आज नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नाे १००औँ खेल खेलेकाे हो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले त्यही वर्षको अगस्टमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सँग खेलेको थियो । त्यो खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै आजको खेलमा नेपालबाट लोकेश बम, राशिद खान र मयन यादवले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद