नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

एशिया कप राइजिङ स्टार्समा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ – एशिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

यो खेल कतारको दोहामा नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । समूह ‘बी’मा रहेको नेपाल आफ्नो पहिलो खेलमा अस्ति शुक्रबार भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो ।

भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभर ३ बलमा २६ रनमै अलआउट भएको थियो । नेपाल रहेको समूहमा भारतसहित पाकिस्तान र यूएई छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल आज दिउँसो पौने ४ बजेदेखि शुरु हुनेछ ।

नेपालले प्रतियोगिताको समूह चरणको अन्तिम खेल पर्सि मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ । 

प्रकाशित मिति:
थप खेलकुद