नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

पाल्पाको तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक मर्मतका लागि बन्द हुने

पाल्पा - पाल्पाको तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक खण्ड मर्मतका लागि बन्द हुने भएको छ ।

मर्मत तथा ढलानका लागि रानीमहल सडक खण्ड आउँदो १७ गतेदेखि चैत ५ गतेसम्म र रामपुर सडक आउँदो १७ गतेदेखि फागुन १६ गतेसम्म २४सै घण्टा बन्द हुने भएको हो ।

सडक सुरक्षा समितिको बैंठकमा निर्माण व्यवसायीले आवतजावत बन्द गरी सहज गरिदिन आग्रह गरेकाले दुवै सडक खण्ड बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज