रेमिट्यान्स बढाउन ११ बुँदे प्रस्ताव, विदेशका मुख्य सहरमा नेपाली बैंक खोल्नेसम्मका सिफारिस

 चैत २४, २०७८ बिहिबार १७:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री मन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग विभिन्न प्रस्ताव गर्नुभएको हो ।

अर्थ मन्त्रालयमा आज बिहीवार भएकाे बैठकमा मन्त्री श्रेष्ठले नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने बताउनुभयो ।

प्रस्तावमा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई सरकारले सम्मानजनक व्यवहार गर्नुपर्ने, विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने, विदेशका प्रमुख सहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने, विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याज दर दिनुपर्ने विषय उल्लेख छ ।

यस्तै औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टीभी, गरगहना आदिमा सहुलियत दिने र पुनः श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने प्रस्ताव गरिएकाे छ । साथै सबैभन्दा धेरै रेमिट्यान्स पठाउनेलाई सरकारले सम्मान गर्नुपर्ने, औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई सार्वजनिक सेवामा ५० प्रतिशत सहुलियत दिने, नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने विषय पनि प्रस्तावमा समावेश गरिएको छ ।

यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने, गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने र वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई सहज र सरल बनाउने विषय पनि श्रम मन्त्रालयले प्रस्ताव गरेको छ । देशमा विदेशी विनिमयको सञ्चिति घटेर समस्या हुन थालेपछि सरकारले विभिन्न उपायबारे छलफल थालेको हो । 

7 Comments

  • Raju Thapa Magar

    April 11, 2022, 10:16 a.m.

    यो योजना एकदम सही छ, यसले देशको मुहार फेर्न र सम्वृद्दि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ /

  • NARAYAN KHANAL

    April 10, 2022, 5:33 a.m.

    वैदेशिक रोजाईको सिलसिलामा बिदेशीएका नेपाली नागरिक माथी सरकारले अत्यन्तै बिभेदपुर्ण ब्यवहार गर्ने गरेको छ । कम्तीमा १ बर्षको पारिवारिक खर्चको बैकल्पिक जोहो गरेर साल भर हामी कसैलेपनी पैसा नपठाउ , अर्काको देशमा पसिना बगाएर खाइनखाइ गरेर पनि हरेक बाहानामा हामीले कर तिरिदिनु पर्ने बेकामे नेताकार्यकर्ता र हरेक पटक गठन हुने सरकारलाई पाली दिनु पर्ने दुख गरेर हामिले तिरेको करको चरम दुरुपयोग गर्ने । अनि हामिले नै २ सालमा छुट्टी जादा हाम्रै मोबाइल , झिटिगुन्टी चेक हुन्छ २/३ ओटा मोबाइल 43"50 इन्च सम्मको टिभी बिना कुनै सरकारि अवरुद्ध लैजान पाउनु पर्छ , १०० ग्राम सम्म काचो सुन लैजान पाउनु पर्ने त्यो जसरी गए पनि आखिर नेपाल भित्रै भित्रीने हैन र ।

  • Yangsong Magar

    April 9, 2022, 1:27 a.m.

    कुरो त ठिकै लाग्यो कि तर रेमिट्यान्स को भर परेर मात्र नेपाल मा आर्थिक विकास हुने होइन सम्भव त केही income हुने कार्य पनि गर्नु पर्यो इंडिया को साग सब्जी नेपाल मा बंद गर्नु पर्यो अनि अति आवश्यक वस्तु बाहेक अरु कुनै चीज खरिद गर्नु भएन नेपालको सब्जी मन्दी मा बिचौलिया हरु लाई घोक्रेठ्याक लगाउनु पर्यो अनि भ्रष्टचार गरेर विदेश को बैंक मा पैसा राख्ने हरु लाई सिधै घर जग्गा लिलाम गर्नु पर्यो अनि मात्र आर्थिक विकास हुने देख्छु मैले नेपाल मा माछा मासु सबै भारत बात आयात हुने तर नेपालको कुखुरा मा बर्डफ्लु देखिन्छ किनकि यहाँ डाक्टर पनि पैसा मा विकेको हुन्छ सोझा जनताको पोल्ट्री फार्म मा पस्यो चेक गरेको जस्तो गर्यो अनि रोग छ भनी नष्ट गर्न लगायो अनि कहाँ बात हुन्छ आर्थिक उन्नति ???

  • उदय राज गौतम

    April 7, 2022, 10:34 p.m.

    मेरो विचारमा कयौं बङालीहरु अनि इन्डियनहरु नेपाली पासपोर्ट बनायर वैदेशिक रोजगारीको लागि आयका छ्न।जुन म आफँले बिमान्स्थल्मा म रोजगारी को लागि आउँदा देखेको छु,तिनीहरु ले पक्कै पनि नेपाल पैसा पठाउँदैनन।यदि सरकारले चाहना राख्ने हो भने त्य्स्ता ब्यक्तिहरु जो नेपाली पासपोर्ट बोकेर बिदेश त आए तर नेपाल मा पैसा पठाइएका छैनन् तिनीहरु को पासपोर्ट खारेजी गर्नु पर्छ ।

  • [email protected]

    April 7, 2022, 7:38 p.m.

    मलाइ ठिकै लाग्यो यो प्रस्ताब हामिले खाडिमा डेढ दसक देखि पसिना बगाएर सरकार लाई नै सहयोग गरि राखेको छौ तर हामी नेपाल एर्पोट पुग्दा हामी लाई नै चोर लाई जस्तो व्यबहार गर्छन ।के गर्ने बिडम्बना...!

  • Isu raj rai

    April 7, 2022, 6:53 p.m.

    बिदेश बाट सिधै आफ्न खातामा जम्मा भएको रकममा ब्याज 2 प्रतिसत बढाउन सकारले उठाएका बुंदा राम्रो लाग्यो चादै यो कार्यनयन होस । अनि खाता सुरक्षित हुन पनि जरुरी छ सरकार ।

  • रमेश कडेल

    April 7, 2022, 6:15 p.m.

    यो एकदम राम्रो छ यदि यो नियम लागु हुने हो भनी 100% रेमिटान्स बढ्छ र हुन्डी सुक्छ यो नियम छिटो भन्दा छिटो लागू हुनु पर्छ

तपाईको प्रतिक्रिया