म्यानपावर कम्पनीले विभागले मागेको प्रमाण समयमा उपलब्ध नगराउँदा उजुरी फछर्यौटमा समस्या

 असोज २८, २०७९ शुक्रबार १२:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – म्यानपावर कम्पनीले उजुरी उपर वैदेशिक रोजगार विभागलाई मागेको प्रमाण समयमा उपलब्ध नगराउँदा उजुरी फछ्यौटमा समस्या भएको छ ।

केही म्यानपावर कम्पनीले आफ्नो संस्था विरुद्ध परेको उजुरीको विषयमा विभागले माग गरेको प्रमाणसहितको जवाफ तोकिएको समय भित्र पेस नहुँदा विभागमा उजुरी फछयौटमा समस्या भएको हो ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजत लिएका केही म्यानपावर कम्पनीले उनीहरूको संस्था विरुद्ध परेको उजुरी उपर विभागले गरेको पत्राचार, आदेश र निर्देशनको नै अवज्ञा गर्ने गरेको विभागले जनाएको छ । 

जसको कारण विभागमा परेको उजुरी फछ्यौटमा समस्या भएको भन्दै विभागले यसो गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने जनाएको छ ।

आफ्नो संस्था विरुद्ध परेका उजुरीको जति सक्दो छिटो फछर्यौट गरी आफ्नो कर्तव्य पूरा गर्न विभागले सबै म्यानपावर व्यवसायीलाई एक सूचना जारी गर्दै अनुरोध समेत गरेको छ । 

तपाईको प्रतिक्रिया