कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन ललितपुरमा हुने

 चैत १७, २०८० शनिबार १०:२९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा आउँदो बुधवार अर्थात् यही २१ गते ललितपुरमा हुने भएको छ । ‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न रहेका व्यक्तिहरु सहभागी हुँदैछन् ।

सम्मेलनमा झण्डै पाँच सय जनाको सहभागिता रहने आयोजक सास–नेपालले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुरमा हुने सम्मेलनमा नेपालको कृषि अनुसन्धान प्रणालीलाई थप सबल र सुदृढ बनाउने र देशको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्‍याउने गरी नीतिगत हिसाबले मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ ।

सन् १९९५ मा स्थापित सास–नेपालले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरुको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत् प्रकाशन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा÷सम्मेलन गर्ने, वैज्ञानिकहरुलाई आवश्यक तालिम, सिप प्रदान गर्ने, पुरस्कृत गर्ने तथा कृषि वैज्ञानिकको हकहितका बारेमा बहस, छलफललगायतका काम गर्दै आएको छ ।

यो सम्मेलनबाट वैज्ञानिकहरुको नयाँ नेतृत्व चयन हुनेछ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार सम्मेलनको पहिलो सत्रमा चार वटा बिषयगत कार्यपत्र प्रस्तुति र छलफल तथा दोश्रो सत्रमा नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया