नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

 चैत २१, २०८० बुधबार ७:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।

यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँग खेलअघि आयरल्याण्ड ‘ए’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा टी–२० क्रिकेट खेलेको थियो ।

दुवै खेलमा आयरल्याण्ड ‘ए’ पराजित भएको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया