लुम्बिनीका मुख्यमन्त्री महराद्वारा शपथ ग्रहण

 चैत २५, २०८० आइतबार १८:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिनुभएकाे हाे ।

माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्छ ।

आज नियुक्त भएका कुनै पनि मन्त्रीको मन्त्रालय तोकिएको छैन । पाँच वटा राजनीतिक दलका ४७ जना र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया