आमरण अनशनरत किसान श्रीराम घिमिरेकाे अवस्था नाजुक बन्दै

 बैशाख ७, २०८१ शुक्रबार १५:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको रत्नपार्कको शान्तिबाटिकामा आमरण अनशन बस्नुभएका किसान श्रीराम घिमिरेको स्वास्थ्य अवस्था नाजुक रहेको छ ।

पाँच बुँदे माग राखेर आमरण अनशन बस्नुभएका नुवाकोटको ककनी गाउँपालिकाका किसान घिमिरको स्वास्थ्य अवस्था नाजुक बनेको शङ्कर घिमिरेले जानकारी दिनुभयो । अहिले डाक्टर निकोलस भुसालले उहाँको स्वास्थ्य अवस्थाबारे बुझिरहनुभएको घिमिरेले बताउनुभयो ।

किसान घिमिरे अनशन बसेको आज सात दिन पुगेको छ । उहाँले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, कृषिजन्य उत्पादनको समर्थन मूल्य तोकी मल, बिउबिजन र औजार पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने, प्रोजेक्टको आधारमा ५० लाख रुपैयाँसम्म एक प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर गएको वैशाख १ गतेदेखि आमरण अनशन शुरु गर्नुभएको थियो ।

किसान घिमिरे यसअघि गएको वर्षको वैशाख ५ गते पनि आमरण अनशनमा बस्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया