आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ८ विकेटले हरायो

 बैशाख ८, २०८१ शनिबार ६:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हराएको छ । गएराति लखनउमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन बनायो । उसका रविन्द्र जडेजाले अविजित ५७ रन बनाए ।

जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । डि कक र केएल राहुलले पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरे । राहुलले ८२ रन तथा डि ककले ५४ रन जोडे । जितसँगै लखनउको ७ खेलमा ८ अङ्क भएको छ ।

लखनउ तालिकाको पाचौँ स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल बेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया