एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

 बैशाख ८, २०८१ शनिबार ७:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित आउँदो  इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया