लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट कुशल दीक्षित छनोट

 बैशाख ८, २०८१ शनिबार १६:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – विश्व चर्चित लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने लण्डन म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षका धावक दीक्षित मात्र छनोट भएका हुन् ।

विश्वको खेलकुद इतिहासमा लण्डन म्याराथन दौड प्रतियोगितामा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धीका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित लण्डन म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ ।

प्रतियोगितामा भाग लिन विश्वका ५० हजार जनाभन्दा धेरै युवा धावक लण्डन पुगिसकेका धावकका हजुरबुबा डाक्टर सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । अमेरिकामा अध्ययनरत दीक्षित उतैबाट लण्डन पुगेका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया