लगानी सम्मेलनमा ‘विश लिस्ट’ हाेइन, व्यावहारिक परियोजना प्रस्तुत गराैँ : प्रधानमन्त्री

ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि ६ अर्ब ६३ करोड रुपैयाँ थप लगानी स्वीकृत

 बैशाख ११, २०८१ मंगलबार १८:७:१८ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा ‘विश लिस्ट’ अर्थात् इच्छा सूची प्रस्तुत गर्नेभन्दा पनि व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरमा रहेको लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले नयाँ सन्देश दिनेगरी सम्मेलन गर्न आग्रह गर्दै भन्नुभयो, ‘लगानी सम्मेलनमा ‘विस लिस्ट’ होइन व्यावहारिक परियोजना प्रस्तुत गरौँ । सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ ।’ उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताउनुभयो । ⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रचण्डले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिँचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन पनि निर्देशन दिनुभयो ।

यस्तै बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि छ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ । डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई परियोजना लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि नाै अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेअनुसार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कनपछि वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया