स्वर्गद्वारीमा कांग्रेसको भेला, अब के होला ?

 मंसिर १, २०७५ शनिबार १६:५९:१७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेपाली कांग्रेस ५ नम्बर प्रदेश अन्तरगत १२ जिल्लाका सभापतिहरुले देशमा हत्या–हिंसा बढिरहेको भए पनि सरकार रमिते भएर हेरिरहेको आरोप लगाएका छन् ।

कांग्रेसका जिल्ला सभापतिहरुको प्यूठानको स्वर्गद्वारीमा भएको भेलामा यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार गठन भएको ९ महिनको अवधिमा नागरिकका अत्यावश्यक दैनिक उपभोग्य समाग्रीमा महंगी बढेको तर सरकारले महंगी समस्याको समाधान नगरेको उनीहरुले निष्कर्ष छ ।

देशमा बलात्कार, हत्या हिंसाजस्ता घटना बढी रहँदा पनि सरकार रमिते बनेको कांग्रेसको दाबी छ । सरकारले देशमा शान्ति अमनचयन बनाउनुको साटो दोषीलाई संरक्षण दिइरहेको आरोप कांग्रेसको छ । भेलाले पाँच नम्बर प्रदेशको स्थायी राजधानी र नाम छिटै टुंग्याउन प्रदेश सरकार समक्ष आग्रह गरेको छ ।

स्थानीय तहले विभिन्न बहानामा सर्वसाधारण नागरकमाथि चर्को कर असुलिरहेको समेत कांग्रेसले निष्कर्ष निकालेको छ । साथै सभापतिहरुको भेलाले तत्काल जनविरोधी कामलाई रोकेर शान्ति, सु–व्यवस्था कायम गर्न सरकार समक्ष माग गरेको छ ।

दुई तिहाईको समर्थन भएको सरकारले नागरिकको आशा र अपेक्षामाथि तुसारापात गरेको कांग्रेसको ठहर छ । कांग्रेसले पार्टीलाई माथि ल्याउन गाउँ–गाउँमा संगठन बिस्तार गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।

भेलाले अस्वस्थ अवस्थामा रहेका रुपनदेहीका पार्टी सभापति एवं पूर्व राज्यमन्त्री अब्दुल रजाक गडीगको स्वास्थ्य लाभको कामना समेत गरेको छ । स्वर्गद्वारीको विकासमा समेत अग्रसर हुने भेलाले निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया