घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

 बैशाख १५, २०८१ शनिबार १५:२०:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाएको अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभएकाे छ ।

सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखापरेको हो । बाघ कसरी घाइते भएको हो भन्नेबारे थाहा नभइसकेको अध्यक्ष महराले बताउनुभयो । चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघलगायतका जनावरको बासस्थानका रूपमा रहेको छ ।

हिजो शुक्रवार मात्रै यो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काट्न गएका २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया