वेस्ट इन्डिज 'ए' सँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित

 बैशाख १६, २०८१ आइतबार १५:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिज 'ए' टाेलीसँगकाे दाेस्राे टी–२० क्रिकेटमा नेपाल १० रनले पराजित भएकाे छ ।

वेस्ट इन्डिज 'ए' ले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्याे । नेपालका कप्तान राेहितकुमार पाैडेलले नट आउट ७१ रन र गुल्सन झाले २६ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन् । वेस्ट इन्डिज 'ए' का ओबेड मकाेए र गुदाकेश माेटीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायाे । वेस्ट इन्डिज 'ए' का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश माेटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

याेसँगै पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलामा १–१ काे बराबरी भएकाे छ । हिजाे भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले हराएकाे थियाे । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया