मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

 बैशाख १७, २०८१ सोमबार ८:५७:५१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाण्डौ उपत्यकामा ल्याउन निर्माण गरिएको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन भएको छ । काठमाण्डौ उपत्यकामा विद्युत आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभिए  क्षमताको मातातीर्थ सबस्टेसन काठमाण्डौ  उपत्यकामा विद्युत आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाण्डौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीको मार्कीचोक सबस्टेसनबाट काठमाण्डौसम्मको मर्स्याङ्दी–काठमाण्डौ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

तनहुँ, गोरखा, चितवन धादिङ र काठमाण्डौमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा दुई सय ३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी –काठमाण्डौ र त्रिशूली–काठमाण्डौ प्रसारण लाइनबाट आएको करिब एक/एक  हजार मेगावाट विद्युत बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

मस्र्याङ्दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत प्रवाह हुने भएकाले काठमाण्डौ उपत्यकाको भविष्यको विद्युत मागलाई सम्बोधन गर्न र  देशको समग्र विद्युत प्रणाली सुधार गर्न प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसन महत्वपूर्ण हुने विद्युत प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया