चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

 बैशाख १७, २०८१ सोमबार १५:६:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – हिजोदेखि काठमाण्डाैमा शुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिँदैछ । आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भएसँगै बेलुका सम्मेलन सकिने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।

आज बिहान चार वटा सभा हलमा चार वटा फरक–फरक सत्र चलेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।

यसैबीच चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । आज नेपालको 'नेक्सजेन म्यानेजमेन्ट सोलुशन प्राइभेट लिमिटेड' र चीनको 'एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड' बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआईसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

यस्तै नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि 'वर्ल्ड एसोसिएशन अफ पीपीपी युनिट्स एन्ड प्रोफेशनल्स' (वाप) र 'नेपाल एसोसिएशन अफ पीपीपी प्रोफेशनल्स अफ प्राक्टिशनर्स' (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारीसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उल्लेख छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया